Monday, October 12

चाडपर्व शुभकामना आदान-प्रदान कार्यक्रम २०८३

निमन्त्रणा !!!

नेपाल भौतिक विज्ञान समाजका आदरणीय सदस्यज्यूहरू,
हार्दिक अभिवादन

नमस्कार !

दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा आयोजित अनलाइन शुभकामना आदान-प्रदान कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ । यस भर्चुअल भेलाको उद्देश्य हाम्रा संसारभरी छरिएर रहनुभएका सदस्यहरूबिच आपसी एकता, सहकार्य र सामाजिक भावना अभिवृद्धि गर्दै यी पावन पर्वहरूको अवसरमा शुभकामना अदान-प्रदान गर्ने हो ।

मिति: २४ असोज, २०८३, शनिवार (10 October, 2026, Saturday)

समय:  साँझ ७:३०  देखि  ८:३० बजेसम्म

प्लेटफर्म: Google Meet

(सामेल हुन Google Meet   मा क्लिक गर्नुहोला)

तपाईंको सहभागिताले यस कार्यक्रमलाई स्मरणीय बनाउनेछ ।

हामी तपाईंको सुझाव, सल्लाह र उपस्थितिको आशा गर्दछौं !​

Leave a Reply

Your email address will not be published. Required fields are marked *